२८ चैत्र २०८२, शनिबार | April 12, 2026

प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसले आज देशभरका वडाहरुमा विरोध प्रदर्शन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा उत्रिएको नेपाली काँग्रेसले आज वडाहरुमा विरोध प्रदर्शन गर्दैछ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेपछि आन्दोलनरत काँग्रेसले आज देशभरका ६ हजार ७४३ वडाहरूबाट विरोध प्रदर्शन गर्न लागेको हो । प्रदर्शनको नेतृत्व गर्न नेताहरू विभिन्न जिल्लामा पुगेको कांग्रेसले जनाएको…