काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पुनः बस्दैछ । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट तयार पारिएको ‘राजनीतिक’ प्रस्ताव पेश गर्नेछन् । यही गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दालल प्रचण्डले ‘सचिवालयका ५ सदस्यहरुको भावना’ समेट्दै आफ्नो तर्फबाट १९ पृष्ठको…