काठमाडौ । मन्त्रिपरिषदको फागुन ५ र १२ गतेको निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार एवं सूचनाप्रबिधि मन्त्रीसमेत रहनुभएका अर्थमन्त्री डा. युवराज खतिवडाले आज नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्नुभएको हो । आज सार्वजनिक निर्णयअनुसार सम्पति शुद्दिकरण तथा आतकंकारी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयको एसिया प्रशासन क्षेत्र समूहबाट हुने नेपालको पारस्परिक मूल्याकंनको…