काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित हुने ९ सांसदको नाम टुंगो लगाएको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले उक्त नामावली तय गरेका हुन्। ५ पुरुष र ४ महिलाको नाम निर्वाचन आयोगमा सिफारिस गरिएको छ । नेकपाले प्रमेश हमाल, बलावती शर्मा, प्रेमबहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया…