९ भदौ २०८३, मंगलबार | August 25, 2026

सर्वदलीय बैठकमा प्रचण्डले भने – राष्ट्रिय महत्त्वका विषयमा सरकार संवेदनशील भएन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा विकसित तनावपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संवाद, सहमति र राजनीतिक समझदारीमार्फत मात्रै समस्याको दीर्घकालीन समाधान सम्भव हुने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आह्वानमा बिहीबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले संवेदनशील परिस्थितिमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न…