ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी समानुपातिक आधारमा बनेको वर्तमान संविधानलाई बचाइराख्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवी विभाग एवं नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसनद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयमा देशका सातै प्रदेशमा आयोजित अन्तरक्रिया कार्यक्रमबाट प्राप्त सुझाव प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्दै…