काठमाडौं। क्रियाशिल सदस्यता टुंगो लगाउन भोलि नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैँछ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सोमबारका लागि पदाधिकारी बैठक बोलाएका हुन्। सोमबार बिहान ९ः०० बजे बस्ने गरी बुढानिलकण्ठस्थित देउवानिवासमा सो बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल गर्न पदाधिकारी…