काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको सम्बोधन अनुमोदन गरेको हो । सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकबाट सम्बोधन स्वीकृत गरिएको जानकारी दिए । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।…