२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

सामूहिक बलात्कारपीडित रिङ्कु सदाको घरमै पुगेर प्रचण्डले गरे न्यायका लागि सहयोगको प्रतिबद्धता

सिरहा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि उनी मृत फेला परेकी थिइन । जनतासँग माओवादी तराई मधेस जागरण अभियानको क्रममा सिरहा पुग्नुभएका…