१४ पुस २०८२, सोमबार | December 29, 2025

विस्तृत शान्ति सम्झौताका बाँकी काम शीघ्र कार्यान्वयन गर्न छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग आज आफ्नै सरकारी निवासमा विस्तृत शान्ति सम्झौताका विविध पक्षमा छलफल गरेका छन् । उक्त सम्झौताअन्तर्गत कार्यान्वयन गर्न बाँकी रहेका विषयलाई यथासक्य चाँडो टुङ्ग्याउने सम्बन्धमा नेतात्रयबीच छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ…