काठमाडौं । टिकटक प्रतिबन्ध विरुद्ध परेको रिटमामाथिको सुनुवाइ न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ।
सरकारले गत कात्तिक २७ गते नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा ११ वटा रिट परेको थियो । सरकारी निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन भएको जिकिर गर्दै अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।
सरकारले सामाजिक सदभाव बिग्रिन थालेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया