काठमाडौं । नागरिक समाजका प्रतिनिधिले भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन दिन माग गरेका छन् । मानव अधिकार तथा शान्ति समाजद्वारा आज आयोजित कार्यक्रममा पछिल्लो समय एनसेल घोटाला, राजतन्त्र पुनःस्थापना र लोकतन्त्र विरोधी आन्दोलनले जनता निराश भएका उनीहरूको ठहर छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नागरिकलाई आर्थिकरूपमा बलियो बनाउन राज्यले सोच्नुपर्नेमा जोड दिइन । उनले स्थानीय तहले…