भैरहवा । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा बेरोजगारी ब्याप्त रहेको बताएका छन् । उनले रोजगारी नहुँदा युवा शक्तिहरु विदेश पलायन भइरहेको जनाए । समाजवादी जागरण अभियानका क्रममा भैरहवा आएका खनाल आइतबार समाजवादी प्रेस संगठन नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै युवाशक्तिहरु खाडीलगायतका मुलुकमा पलायन हुनु मुलुकका लागि ठीक नभएको…