१० भदौ २०८३, बुधबार | August 26, 2026

राष्ट्रियसभामा नेकपा संसदीय दलको नेता झक्कु सुवेदी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले झक्कु सुवेदीलाई राष्ट्रिय सभा संसदीय दलको नेता बनाएको छ । नेकपाका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सुवेदीलाई राष्ट्रिय सभामा दल नेताको जिम्मेवारी दिएका हुन्। यसअघि उक्त पदमा नारायणकाजी श्रेष्ठ रहेका थिए। उनको कार्यकाल सकिइसकेको छ ।