काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै पार्टीको नेतृत्वमा देशमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित हुने दाबी गरेका छन् । बिहीबार वसन्तपुरमा आयोजित भ्रष्टाचारविरुद्धको सभालाई सम्बोधन गर्दै उनले राप्रपाको नेतृत्वमा नै हिन्दु राष्ट्र र राजसंस्था पुनस्थापित गर्ने बताए । यसका लागि कुनै विदेशीको आशिर्वाद र पैसा नलिने उनको भनाइ छ ।…