काठमाडौं । नेकपा (एमाले)ले पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिकतर्फका १६ सांसदको नाम टुंगो लगाएको छ । शनिबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको केन्द्रीय सचिवालय बैठकले सामानुपातिक सांसद चयन गरेको हो । बैठकले सबै क्लस्टरबाट नाम छनोट गरेको एमालेका सचिव महेश बस्नेतले जानकारी दिए। उनले बैठकको सर्वम्मत निर्णयबाट नाम चयन भएको जानकारी दिए ।…