२२ चैत्र २०८२, आइतबार | April 6, 2026

एमाले महासचिवको चेतावनी – प्रतिशोधको मूल्य धेरै महंगो पर्नेछ

काठमाडौं । अध्यक्ष केपी ओली पक्राउ परेपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारलाई प्रतिशोधको राजनीति नगर्न चेतावनी दिएका छन्। महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पूर्वाग्रह र प्रतिशोधको मूल्य निकै महँगो पर्ने बताएका हुन्। उनले अध्यक्ष ओलीलाई अविलम्ब रिहा गर्न सरकारसँग माग गरेका छन्। पोखरेलले लेखेका छन्, “पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ। जिम्मेवार…