काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा पार्टीका नेताहरुले मन्त्री हेरफेरको विषयलाई तत्काल टुंग्याउन दबाव दिएका छन् । बिहीवार पार्टी कार्यालयमा बसेको केन्द्रीय सविचवालयको २७ औँ बैठकमा नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री हेरफेरको विषयलाई तत्काल टुंगो लगाउन दबाव दिएका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले बुधवार र बिहीवार गरी दुई…