काठमाडौं । संयुक्त राष्ट्रसङ्घ, मुख्यालय कार्य सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेले नेपालको शान्ति प्रक्रिया र लोकतान्त्रिक प्रणालीको अभ्यास विश्वका लागि उदाहरणीय रहेको बताएका छन् । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनमा भएको सहभागिता, अभ्यास र प्राप्त नजिताले त्यसलाई पुष्टि गरिरहेको बताए । संयुक्त राष्ट्रसङ्घ, सूचना तथा सञ्चार प्रविधि कार्यालय मातहतको कार्य सञ्चालन विभागद्वारा…