३ चैत्र २०८२, मंगलबार | March 17, 2026

कविता : भोलि पक्का आउनु है ‘बा’

सेतो रातो छिर्केमिर्के पाल्पाली ठाका टोपी, त्यै भित्र लुकेको टल्लक टल्किने सेतो कपाल हल्का मुजा परेको निधार मुनिको तेजिलो आँखा अलि अलि झोलिएका गाला भित्र लुकेका दन्तेलहर मुसु मुसु हाँस्दै फोनिक्स साइकलमा 'बा' म तिर आउदै हुनुहुन्थ्यो। म 'बा'भन्दै थिएँ 'बा'ले 'अनु' सन्चै छौ ? भन्दै साइकलमा स्टयानड लगायर सुस्केरा मार्दै पिँढीमा बस्नु भयो। 'बा'…