७ आश्विन २०८३, बुधबार | September 23, 2026

२० मिनेटलाई स्थगित संसद बैठक अझै सुचारु भएन



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीपछि २० मिनेटका लागि स्थगित भएको संसद सहमति नजुटेपछि सुचारु हुन सकेको छैन ।

आज मध्यान्ह बैठक सुरु भए लगतै पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिमा एमाले सांसदहरुले आपत्ति जनाएका थिए । २ दिन अघि संसदमा बोल्दै दाहालले ‘पशुपतिनाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर भ्रष्टाचार भएको भनेका थिए ।

दाहालको जवाफमा एमालेका संसदीय दल उपनेता सुवास नेम्वाङले जलहरीमा सुन कि पित्तल छिनोफोनो हुनुपर्ने बताए । नम्वाङले छिनोफानोको माग गरेपनि एमालेका सांसदहरुले भने आफ्ना नेता केपी शर्मा ओलीबारे आपत्तिजनक अभिव्यक्ति दिने सांसदले माफी माग्नुपर्ने माग गर्दै रोष्ट्रम घेर्न पुगेका थिए।

सभामुखले यसबारे सरकारले जवाफ दिने भन्दै बैठक सुचारु गर्न आग्रह गरे लगत्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले उठेर संसादमा बोल्न पाइने बताएपछि एमाले सांसदहरुले रोष्टम घेराउ गरे । सभामुखले बैठक स्थगित गरे ।

संसद बैठक स्थगित भएपछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए । त्यो छलफलमा एमालेका प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौला सहभागी थिए । उनीहरुले माओवादी सांसदले माफी माग्नुपर्ने माग गरेका थिए ।

तर माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदीय छानबिन समिति बनाउने प्रस्ताव गरेपछि सहमति हुन नसकेको बताइउको छ । एमाले संसदीय दलका उपनेता नेम्वाङले पनि जलहरी प्रकरण के हो प्रष्ट हुनुपर्ने बताएको भएपनि बैठकमा माफी माग्नुपर्ने अडानमा एमाले सचेतक रहेपछि सहमति नभएको बैठकमा सहभागी एक सांसदले बताए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ४ : १३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज