काठमाडौं । नेकपा (एमाले) ले ११ औँ महाधिवेशनपछिको पहिलो सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने बैठकमा मुख्य एजेन्डाका रूपमा समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली टुंग्याइने भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार निर्वाचन आयोगले तोकेको समयसीमा भित्र समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने भएकाले आजको…