१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

विद्यार्थी संगठन माथिको प्रतिबन्ध प्रयासविरुद्ध कालो बेलुन उडाएर प्रदर्शन

काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी घोषणाको विरोधमा विभिन्न विद्यार्थी संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन्। संयुक्त विद्यार्थी संगठनको आह्वानमा केही दिनयता आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले बुधबार मध्याह्न प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा विद्यार्थीहरूले सरकारविरोधी नारा लेखिएका दर्जनौं कालो बेलुन उडाएका थिए। नेविसंघ र अनेरास्ववियुले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनमा सहभागी…