काठमाडौँ । राष्ट्रपति पद एमालेले नपाउने निश्चित जस्तै बनेपछि एमालेले सरकारबाट बाहिरिने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिमा एमाले उम्मेदवारलाई समर्थन नगरे सरकार छाड्ने चेतावनी दिएर बालुवाटारबाट निस्केका एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार बस्ने सचिवालय बैठकबाट निर्णय गराएर सरकारबाट बाहिरिने तयारी गरेको छ । शुक्रबार दिउँसो प्रचण्ड र ओलीबीच भएको छलफलमा सहमति नजुटेसँगै…