३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

सुदुरपश्चिममा एमाले सरकार ढले पछि उन्मुक्ति अध्यक्ष रञ्जिताले भनिन्, ‘सबैले सधैं प्रयोग गर्ने साधन होइनौं’

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी सभापति रञ्जिता श्रेष्ठ चौधरीले आफनो पार्टी सधै अरुले प्रयोग गर्ने साधन नभएको बताएकी छिन । सुदुरपश्चिम प्रदेशमा आफैले समर्थन गरेर निमार्ण गरेको नेकपा एमालेका राजेन्द्र रावल नेतृत्वको प्रदेश सरकार विश्वासको मत नपाएर आज ढले लगत्तै सभापति श्रेष्ठले आफनो पार्टी बिचारमा कट्टिबद्ध रहेको पनि जनाएकी छिन । ‘हामी विचारमा कटिबद्ध छौँ,…