चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोलानजिक पुनः सुख्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । सोमबार रातिदेखि खसेको पहिरो पन्छाउने कार्य भइरहेको भरतपुर सडक डिभिजनले जनाएको छ । ‘तुइन खोलानजिक झरेको पहिरो साइटमा तैनाथ उपकरणले सफा गरिरहेको छ,’ सडक डिभिजनले जानकारी दिँदै भन्यो, ‘तर सवारी चालकहरूले अव्यवस्थित तरिकाले गाडी रोकेकाले थप उपकरण र इन्धन…