काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्यमन्त्रीमा सिफारिस गरेकी डा. संगीता मिश्राको नाम तत्कालका लागि होल्डमा राखिएको छ छ। राष्ट्रपति कार्यालयका अनुसार आइतबार राति पठाइएका पाँच जना मन्त्रीको नाममध्ये मिश्राको नाम होल्डमा राखिएको हो। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मिश्राविरुद्ध अख्तियारमा दर्ता भएको भ्रष्टाचारसम्बन्धी मुद्दाका कारण उनलाई तत्काल मन्त्रीमा नियुक्त नगर्ने निष्कर्षमा प्रधानमन्त्री सुशीला कार्की पुगेकी हुन्…