काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले परराष्ट्र मन्त्रालयले दिने सेवालाई सहज बनाउने प्रतिवद्धता जनाएकीछिन् । शीतल निवासमा परराष्ट्रमन्त्रीको शपथलिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार गर्दै मन्त्री पौडेलले मन्त्रालयले जनतामा पु-याउने सेवा र सुविधालाई सहज बनाउने कुरा आफ्नो पहिलो प्राथमिकता भएको बताइन । उनले राहदानी लिन आम जनताले अहिले पाएको समस्या समाधान गर्ने प्रतिवद्धता जनाइन ।…