२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

प्रचण्डको प्रतिक्षामा जसपा, रास्वपा र राप्रपा नेताहरु बालकोटमा

काठमाडौं । बालुवाटार बैठकबाट गठबन्धन टुटेको सन्देश दिएर निस्केका माओवादी अध्यक्ष खुमलटार हुँदै बालकोट आउनु अघि बालकोट स्थित ओली निवासमा जसपा, रास्वपा र राप्रपाका नेताहरु छलफलमा जुटेका छन्। सत्तागठबन्धन टुटेको सन्देश बाहिरिएसाँगै साना दलहरु एमालेसँग छलफलमा जुटेका हुन्। बालकोट जाने हल्ला चलाएर खुमलटार पुगेका माओवादी अध्यक्ष प्रचण्ड नपुग्दै जसपाका अशोक राई, रास्वपाका रवि लामिछाने र…