काठमाडौं । नेपाली कांग्रेस पूर्वसभापति, मेलम्ची खानेपानीका योजनाकार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ भएको स्थलमा पूर्वप्रधानमन्त्री भट्टराईको पूर्णकदको शालिक अनावरण गरेका हुन् । भट्टराई प्रधानमन्त्री भएका बेला उनले काठमाडौंको खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी ल्याउने बताएका थिए । प्रधानमन्त्री देउवाले खानेपानी समस्याको…