एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तरगत तेस्रो क्वाटरफाइनल खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा सुरु भएको छ । खेल नेपाली समय राति पौने नौ बजे सुरु भएको हो । आजको खेलमा पनि पोर्चुगलले कप्तान क्रिष्टियानो रोनाल्डोलाई बेञ्चमा राखेको छ । भने कप्तानको जिम्मेवारी पेपेले सम्हाल्ने भएका छन् । आक्रमणमा गोन्कालो रामोस रहेका छन्…