काठमाडौं । काठमाडौंबाट दोलखाको लाप्चातर्फ उडेको मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। आज बिहान करिब १०:२५ बजे उडेको नाइनएन–एएनओ नम्बरको उक्त हेलिकोप्टर उडान सुरु भएको केही समयमै सम्पर्कबाहिर गएको हो। हेलिकोप्टर लाप्चामा अवतरण गरी पुनः उडेको केही मिनेटपछि सम्पर्क विच्छेद भएको बताइएको छ । क्याप्टेन सुरज थापा क्षेत्रीले उडाएको सो हेलिकोप्टरमा चार जना यात्रु रहेको…