काठमाडौं । जेनजी पुस्ताले सुरु गरेको प्रदर्शनमा घुसपैठ गरेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रवि किरण हमाललाई प्रहरीले पक्राउ गरेको छ । परिवारका सदस्यका अनुसार सोमबार दिउँसो बानेश्वरमा प्रदर्शनमा सहभागी भएका हमाललाई साँझ बूढानीलकण्ठ पुगेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो । हमाल विगतदेखि नै राजावादी आन्दोलनमा सक्रिय हुँदै आएका नेता हुन् ।…