४ चैत्र २०८२, बुधबार | March 18, 2026

माओवादी एकताप्रति असन्तुष्ट उपमहासचिव जनार्दन शर्माद्वारा आज विशेष पत्रकार सम्मेलन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीचको पार्टी एकताप्रति असन्तुष्ट रहेका माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलन गर्न लागेका छन् । शर्माले ललितपुरको बखुण्डोलस्थित सत्कार क्याफेमा दिउँसो २ः३० बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय गरेका हुन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बहिष्कार गर्दै उनले पत्रकार सम्मेलन गर्न लागेका हुन्…