दाङ । मतदान सुरु भएको तीन घण्टाभन्दा बढी समय बितिसक्दा पनि दाङका दुई मतदान केन्द्रमा मत खस्न सकेको छैन । बबई गाउँपालिका-१ जिलास्थित जनता आधारभूत विद्यालय र वडा नम्बर ७ तल्लो मलैखोलास्थित देउती माध्यमिक विद्यालय मतदान केन्द्रमा अहिलेसम्म कुनै मत नखसेको हो । जनता आधारभूत विद्यालय, जिलाका मतदान अधिकृत चिरञ्जीवी खड्काका अनुसार मतदानका लागि सम्पूर्ण…