५ चैत्र २०८२, बिहिबार | March 19, 2026

इलामको विभिन्न स्थानमा पहिरो जाँदा १८ जनाको मृत्यु कैयौं वेपत्ता

इलाम । निरन्तरको वर्षासँगै गएको पहिरोका कारण इलामका विभिन्न स्थानमा १८ जनाको मृत्यु भएको छ । हिजो र आज दुई दिनमा गरी यति धेरै मानवीय क्षति भएको हो । अझै पनि कैयौं व्यक्ति वेपत्ता रहेको प्रहरीले जनाएको छ । सबैभन्दा बढी मानवीय क्षति सूर्योदय नगरपालिका–१, मानेभञ्ज्याङमा भएको छ, जहाँ पाँच जनाको मृत्यु भएको छ ।…