चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै गएको सुख्खा पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ । आज बिहान खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध बनेको हो । उक्त स्थानमा पहिरो फाल्ने मेशिन संचालन भैसकेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पहिरो खस्ने क्रम नरोकिएका कारण काम गर्न असहज भएको जनाइएको…