काठमाडौं। नवनियुक्त शिक्षा मन्त्री महावीर पुनले पाँच महिनाभित्र विज्ञान तथा शिक्षा क्षेत्रमा गर्न सकिने काम र व्यावहारिक ‘आइडिया’बारे सुझाव दिन आम सर्वसाधारणलाई आग्रह गरेका छन्। मन्त्रीमा नियुक्त भएपछि फेसबुकमार्फत् पहिलो प्रतिक्रिया जनाउँदै पुनले आफूलाई औपचारिक बधाई, खादा वा माला लिएर भेट्न नआउन आग्रह गरेका छन्। “मलाई कसैले पनि मन्त्री नभन्नु होला। यदि भन्नै मन छ…