काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेका छन् । साविकको गृहमन्त्रालय जेलेर नष्ट भएपछि पुरानो सामान्य प्रशासन मन्त्रालयमा स्थापना गरिएको मन्त्रालय पुगेर अर्यालले पदबहाली गरेका हुन् । उनले पदबहाली गरेलगत्तै जेनजी आन्दोलनमा शहीद भएका नागरिकहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेका छन् । शोकको दिन मन्त्रिपरिषद्ले तोक्ने छ भने सो दिन राष्ट्रिय झण्डा आधा…