बुटवल । बुटवलको कालिका पथको विद्युतको हाईटेन्सन वालमा मध्यराती मोटरसाइकल ठोक्किदाँ एक जनाको ज्यान गएको छ । शनिबारको मध्यराती वालमा ठोक्किएर झाँडीमा मोटरसाइकलसँगै उछिट्टिएर गएका तिलोत्तमा २ स्थित शंकरनगरका २० वर्षीय गोपाल टण्डनको शव सोमबार विहान मात्रै स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मोटरसाइकल दुर्घटनाबाट टण्डनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी…