काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले गठन गरेको छानबिन आयोग आफूहरूलाई स्वीकार्य नहुने स्पष्ट चेतावनी दिएका छन्। भक्तपुरको गुण्डुमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोग र त्यसको प्रतिवेदन एमाले र नेपाली जनताका लागि मान्य नहुने बताए। ‘तपाईंहरूले प्रतिवेदन लेख्नुस्, बुझाउनुस्, फैसला गर्नुस् — एमालेलाई मान्य…