काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट वर्तमान लोकतन्त्र प्राप्त भएसँगै राजतन्त्र अन्त्य भएकाले अब राजतन्त्र कहिल्यै नफर्किने बताएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूको समूहले व्यवस्थाको विरोध गर्ने र वर्तमान व्यवस्थामा नकारात्मकता देख्ने गरेको…