काठमाडौं । गत चैत १५ मा तीनकुने भएको राजावादीको प्रर्दशनको घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंसहित सातजनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति यस्तो आदेश दिएको हो । प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, दण्डपाणी रेग्मी, सुशिल बराल, केशव बस्नेत, कुमार तामाङलाई पुर्पक्षमा थुनामा राख्ने आदेश…