काठमाडौं । नेपाली कांग्रेसले असोज २६ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै बैठकको जानकारी दिएका हुन् । बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरु सहभागी हुने व्यवस्था मिलाइएको…