३१ असार २०८३, बुधबार | July 15, 2026

वर्तमान सरकार तोडफोड, आगजनी र आतंकबाट बनेको हो : केपी ओली

ओली हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश नभाग्ने



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकार संवैधानिक बाटोबाट नभई तोडफोड र आगजनीबाट बनेको दाबी गरेका छन् ।

बिहीबार भक्तपुरमा एमाले निकट युवा संघद्वारा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार आतंक फिजाएर बनेको बताएका हुन् । उनले सरकार लाई सुरक्षा दिन्नँ भन्ने अधिकार नभएको बताए । उनले सुविधा नदिए पनि सुरक्षा भने दिनुपर्ने बताए । उनले सुशीला कार्की नेतृत्वको सरकारलाई हाहुको सरकारको संज्ञा दिए ।

सरकारले विभिन्न उच्च पदस्थहरूको पासपोर्ट रोक्का गर्ने तयारी अघि बढाएकोबारे ओलीले हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश नभाग्ने बताए ।

निवर्तमान प्रधानमन्त्री समेत हरेका ओलीले आफ्नो निजी घरको लोकसेन ट्र्याक गरेर घर घेर्न जाऔं भन्दा सरकार के हेरेर बसेको ? भन्दै प्रश्न गरे ।

उनले भाद्र २३ गते आफुले गोली चलाउन आदेश नदिएको स्पष्टीकरण पनि दिए । ओलीले आफूले प्रहरीलाई दिएको निर्देशन रेकर्डेड रहेको भन्दै त्यो बाहिर ल्याउन सुझाव दिए ।

‘त्यतीबेला कर्मचारीलाई दिएको निर्देशन, प्रहरीलाई दिएको निर्देशन दिएको, रेकर्डेड छन्। बाहिर ल्याओस्। हामी छलछाम गर्दैनौँ। हामीले भनेका कुरा सरकारले एक्सपोज गरोस्।’ उनले भने ।

उनले सरकारले सुविधा, गाडी, पासपोर्ट रोक्ने लगायतका मुद्दा चलाउने भनेको भन्दै आफुलाई सुबिधा नचाहिएपनि सुरक्षा दिने सरकारको कर्तब्य भएको बताए ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  १ : ५० बजे

फ्रान्सलाई २-० ले हराउँदै स्पेन विश्वकप फाइनलमा

काठमाडौं । स्पेनले फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई