काठमाडौं । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गर्न आदेश गरेको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज अन्तरिम आदेश जारी गर्दै आदेश प्राप्त भएका मितिले ३ दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्कि नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्न सरकारका नाममा…