नवलपरासी(सुस्तापश्चिम) । नवलपरासी (सुस्तापश्चिम)को सुस्तामा नेपाली भूमीमा आएर नेपालीहरुलाई धम्की दिएपछि सुस्ताबासीले भारतीय अर्धसैनिक बल सशस्त्र सीमा बल (एसएसबी)को टोलीलाई सीमा कटाएका छन् । नारायणी नदीले सीमास्तम्भ कटान गरेपछि कृतिम सीमानाका मानिएको सिमलको रुख भन्दा झण्डै १ किलोमिटर वर नेपाली भूमीमा एसएसबीको गस्ती आएपछि सुस्ताबासीले प्रतिकार गरेको सुस्ता बचाउ अभियानका अभियन्ता योगेन्द्र गौतमले बताए ।…