काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमार्फत पार्टीले मुलुकका राजनीतिक दलहरूलाई चार मुख्य वर्गमा विभाजन गर्दै आफूलाई एकमात्र ‘क्रान्तिकारी शक्ति’का रूपमा प्रस्तुत गरेको छ । घोषणापत्रमा राजनीतिक शक्तिहरूलाई क्रान्तिकारी, यथास्थितिवादी, पपुलिष्ट र प्रतिगामी पुनरुत्थानवादी गरी वर्गीकरण गरिएको छ । नेकपाले आफू क्रान्तिकारी शक्तिको प्रतिनिधि भएको दाबी…