काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै नेपाल अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो । यो जितसँगै नेपालले नामिबियालाई रन रेटले पछाडि पारेको छ। नामिवियाको समान २२ अंक छ…