काठमाडौं । संसद भवनको सुरक्षा व्यवस्था कायम गर्न नसकेको अभियोगमा प्रहरी प्रधान कार्यालयले संसद भवनमा सुरक्षार्थ खटिएको प्रहरी युनिटलाई जिम्मेवारीबाट हटाएको छ । सोमबार दिउँसो लघुवित्तका ऋणी आन्दोलनकारीहरु निषेधित क्षेत्र पार गरेर नयाँ वानेश्वरस्थित संसद् भवन परिसरभित्र प्रवेश गरेका थिए । त्यसलगत्तै प्रहरी प्रधान कार्यालयले संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहितको ३२ जनाको टोलीलाई जिम्मेवारीबाट…