चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । गए रातिदेखि अवरुद्ध बनेको सडकखण्ड आइतबार बेलुका करिब ६ बजेदेखि दुवैतर्फ सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक गए राति करिब १२ बजेदेखि अवरुद्ध भएको थियो । पहिरो पन्छाउने काम सम्पन्न भएपछि झन्डै १८ घण्टापछि सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन…